दफा २५
दर्ता नभएको जग्गा आवाद गर्न नहुने
– दर्ता नभएको जग्गा कसैले आवाद गर्नु गराउनु हुँदैन ।
तर, दफा २६ बमोजिम तोकिएको समितिले जग्गा आवाद गर्न स्वीकृति दिएपछि वा पुनर्वाससम्बन्धी प्रचलित नेपाल कानून बमोजिम जग्गा बिक्री वितरण भएपछि त्यस्तो जग्गा आवाद गर्न यस दफाले बाधा पु¥याएको मानिने छैन ।